|

बोस्टन : कोरोना संक्रमणका कारण अमेरिकाको कोलोराडो राज्यको बोल्डर निवासी लोकेन्द्र कार्कीको मृत्यु भएको छ। उनको गत शुक्रबार मृत्यु भएको हो। 

कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए। उनका दुई छोरी र एक छोरा छन्। नेपाल गएकी उनकी श्रीमती लकडाउनका कारण उतै रोकिएकी छन्।

कोरोनाका कारण कोलोराडोमा तीनजना नेपालीभाषीको निधन भइसकेको छ। यसमा एक भुटानी र दुई नेपाली छन्। अरू दुईजनाको अवस्था गम्भीर भएको बताइन्छ। अमेरिकी सरकारले यस राज्यमा तीन हजारभन्दा बढी नेपालीभाषी भुटानीलाई बसोबास गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.