|

म्याग्दी : विज्ञान र प्रविधिको खोज र आविष्कारका लागि डेढ वर्षदेखि निरन्तर सक्रिय राष्ट्रिय आविष्कार केन्द्र नेपालले ‘एन ९५’ भन्दा गुणस्तरीय मास्क उत्पादन गरेको जनाएको छ। 

राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेस्ट सफल भएको जानकारी दिएका छन्। 

अध्यक्ष डा. पुनका अनुसार यस मास्कमा हेपा (एचइपीए) फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको छ। अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दा पनि राम्रोसँग ०.३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको डा. पुनले जानकारी दिए।

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्वय प्रदीप कार्की र नवीन अधिकारीले गरेका पुनले बताए। नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै पुनले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई सामाजिक सञ्जालमार्फत धन्यवादसमेत दिएका छन्।

यसको उपयोग कोरोनाको उपचार गर्दा डाक्टर र स्वास्थ्यकर्मीहरुले प्रयोग गरिसकेका मास्कहरु, ग्लोबहरु र भाइजरहरुलाई किटाणुरहित बनाउन प्रयोग हुने जनाइएको छ। अब (युभिसी) बाकस बनाएर अस्पतालहरुलाई र कोरोनाको उपचार गर्ने सेन्टरहरुलाई दिने उनले बताएका छन्। 

राष्ट्रिय आविष्कार केन्द्रले पिपिई, मास्कलगायत कोरोना संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको सुरक्षाका लागि आवश्यक सामग्री निर्माण गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.