वडा कार्यालयमा लगाए ताला

|

डोटी : राहत वितरणमा पक्षपात भएको भन्दै केआईसिंह गाउँपालिका ६ भूमिराजमाडौं वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई सरकारले राहत वितरण गर्नू भने पनि हुनेखानेलाई राहत बाँडिएकाले ताला लगाउनुपरेको स्थानीय एकेन्द्र भट्टले बताए। 

आफूलाई भोट नदिएको भन्दै वडाध्यक्ष दीपबहादुर बलायरले आफूहरुलाई राहत पाउनेको सूचीमा नराखेको उनको आरोप छ। विपन्न परिवारलाई राहत नदिएसम्म ताला नखोल्ने उनले बताए। 

यसबारे वडाध्यक्ष बलायरसँग टेलिफोनमा कुरा गर्ने प्रयास गर्दा उनको मोबाइल अफ थियो।  राहत पाउनैपर्ने व्यक्ति छुटेको भएमा तत्काल नाम समावेश गरेर राहत दिने गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए।

‘छोटो समयमा नाम संकलन गर्दा छुटेको होला, हामी सच्याउन तयार छौँ, मैले त्यो कुरा राहत वितरण कार्यक्रममा समेत भनेको छु,’ उनले भने। घटनाका विषयमा आफू जानकार नभएकाले बुझ्नका लागि त्यहाँ टोली पठाइएको अध्यक्ष शाहीले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.