दूतावास भन्छ : केही समय जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित बसिदिनुहोस्

|

काठमाडौं : विभिन्न कारणले अष्ट्रेलिया पुगेका नेपालीहरू तत्काल स्वदेश फर्कन नपाउने भएका छन्। बुधबार अष्ट्रेलियास्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै पर्याप्त साधानस्रोतको अभाव भएको भन्दै नेपाल पठाउने स्थिति नभएको प्रष्टिकरण दिएको छ।

आगामी साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिकलाई नेपाल एअरलाइन्सको जहाजमार्फत अष्ट्रेलियाको सिड्नी लगिँदै छ। सोही जहाजमार्फत नेपाल फर्कन पाउनुपर्ने भन्दै विभिन्न माध्यामबाट सरकार र अष्ट्रेलियास्थित नेपाली राजदूतावास त्यहाँ रहेका नेपालीहरूले आग्रह गरिरहेका छन्।

तर दूतावासले केही समयका लागि धैर्यधारण गरी आफू बसेकै स्थानमा सुरक्षित रूपमा रहन अनुरोध गरेको छ। बरु कसैलाई खान, बस्‍न लगायतका समस्या भए तत्काल खबर गर्न आग्रह गरेको छ। त्यस्तै, भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अष्ट्रेलियन इमिग्रेसनमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएपछि स्वदेश फर्कन चाहेका आफ्ना नागरिकलाई हरेक मुलुकले आ–आफ्नो देश फर्काउने क्रम जारी रहेका बेला नेपाल सरकारले भने त्यसबारे कुनै तयारी नगरेको बताइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.