|

बोस्टन : अमेरिकाको ओहायोको एक्रनमा दाजुको हत्या अभियोगमा २३ वर्षीय विकास राई पक्राउ परेका छन्। 

स्थानीय प्रहरीका अनुसार विकासले बिहीबार साँझ २७ वर्षीय दाजु विक्रमको घाँटी रेटेर हत्या गरेका हुन्। दुई दाजुभाइबीच के विषयमा झगडा भएको थाहा नभए पनि पिउने र वादविवादसँगै चलिरहेको बताइएको छ।

घटनापछि पुगेको प्रहरीले विक्रमलाई अचेत अवस्थामा भेटेको थियो। विक्रमलाई उपचारका लागि सुम्मा एक्रन सिटी हस्पिटल लगिए पनि मृत घोषणा गरेको थियो। विकासलाई शुक्रबार समिट काउन्टी जेलमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.