|

नेकपामा विगत केही समयदेखि भुसको आगोजस्तो बनेर बसेको अन्तरसंघर्ष त्यतिबेला उत्कर्षमा पुग्यो, जतिबेला सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक आयोगसम्बन्धी दुई अध्यादेश हठात जारी गर्यो। पार्टीसँग कुनै सरसल्लाह नगरी ल्याएको भनिएका ती अध्यादेश पार्टीभित्र र बाहिरको व्यापक दबाबपछि साता नबित्दै खारेज भए।

तर नेकपामा त्यसको कडा ह्याङ्ओभर रहिरह्यो। यही विषयलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने भन्‍ने पार्टीको सर्वोच्च निकाय पार्टी सचिवालयभित्रबाट दवाव सिर्जना गरियो। हस्ताक्षर संकलनमार्फत पार्टी स्थायी कमिटीको बैठक बोलाउने र सो बैठकमा प्रधानमन्त्रीलाई राजिनामा दिन बाध्य पार्ने भनिएको थियो।

पार्टी अध्यक्षद्वय के पी शर्मा ओली र पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो सचिवालयको बैठकमा सामान्य आत्मआलोचना गरेर सौहार्द्रतापूर्वक सम्पन्‍न भएको छ। सरकारको तर्फबाट र पार्टीको तर्फबाट भएका कमीकमजोरीप्रति गरिएको सो आत्म–आलोचनाले दूरगामी अर्थ र महत्व राख्दछ।

अन्योल समाप्त

पार्टीको अन्तरसंघर्षमा सामेल दुवै पक्षबाट कमी कमजोरी भएको स्वीकारेपछि त्यहाँ हार्दिकता पैदा हुन्छ। विश्व कम्युनिष्ट आन्दोलनमा आलोचना र आत्म–आलोचनाको परम्परा लामो समयदेखि अभ्यास हुँदै आएको छ। 

वर्तमान नेकपामा कमिटीहरुका बैठक नै नबस्ने र बसिहाले पनि केही नेताहरुले निर्देशन र निर्णय सुनाउनेबाहेक सदस्यहरुबीच अन्तरंग विचार विमर्श हुने र आलोचना आत्म–आलोचनामाफत नजिकिनेजस्ता विषय विस्मृतिमा गइसकेको अवस्था छ।

नौ करोडभन्दा बढी पार्टी सदस्य भएको चिनिया कम्युनिष्ट पार्टीमा अहिले पनि पार्टीका हरेक बैठकमा आलोचना र आत्मालोचनाको सत्र नै सञ्चालन गर्ने गरिन्छ र सबैलाई  जनताको सेवा गर्ने प्रमुख चाहनाले पार्टी स्थापना गरिएको नबिर्सिन आग्रह गरिन्छ।

व्यक्तिगत र पारिवारिक चाहनालाई नियन्त्रण गर्न र पार्टीको प्रमुख चाहनाको अधिनस्थ राख्न सबैलाई प्ररित गरिन्छ।

वर्तमान नेकपाको मूल जरो तत्कालीन नेकपा मालेमा आलोचना र आत्म–आलोचना प्रत्येक बैठकको कार्यसूचिमा राख्ने गथ्र्यो। बैठक अघि सदस्यहरुका विच जतिसुकै अन्यौल, आवेग, आलोचना र असमझदारी भए पनि आलोचना र आत्म–आलोचनाले प्रायः सबैलाई सन्तुष्ट र उत्साही बनाउथ्यो।

पार्टी वृहत् हुदै गयो, सत्तामा पुग्ने अवसर प्राप्त गर्यो। नेताहरु ‘व्यस्त’ भएको कारण देखाउदै आलोचना र आत्मा–आलोचनाको परम्परा विस्तारै हराउदै गयो। नेकपाको अर्को प्रमुख जरो तत्कालिन माओवादी सैनिक संरचनाबाट आएको कारण आलोचना आत्म–आलोचनाभन्दा पनि कमाण्डरको आदेश पालनामा केन्द्रित भयो। शान्ति प्रक्रियामा आएलगत्तै यो परम्पराको शुरुवात गरेको भए तत्कालीन माओवादी टुक्रैटुक्रा भएर विभाजन हुने परिस्थिति आउने थिएन।

वर्तमान नेकपामा कमिटीहरुका बैठक नै नबस्ने र बसिहाले पनि केही नेताहरुले निर्देशन र निर्णय सुनाउनेबाहेक सदस्यहरुबीच अन्तरंग विचार विमर्श हुने र आलोचना आत्म–आलोचनामाफत नजिकिनेजस्ता विषय विस्मृतिमा गइसकेको अवस्था छ।

औपचारिक बैठकमा केही नबोल्ने तर सञ्चार माध्यममा एकअर्काको उछित्तो काड्ने संस्कृति पार्टीभित्र हुर्कदैछ। पार्टीका अध्यक्षद्वयले नै आत्मालोचनाको शुरुवात गरेपछि पार्टीसम्बद्ध अरू सबैले आवश्यकता अनुसार त्यसको अनुशरण हुने अपेक्षा गर्न सकिन्छ। आत्म–आलोचनामार्फत् पार्टी केन्द्रको संकट टारेजस्तै पार्टीका तल्लो तहका कमिटीहरुमा देखिने समस्या पनि हल गर्न सकिन्छ।

स्थिर सरकारको सुनिश्चितता

तत्कालीन एमाले र माओवादी केन्द्रविच बनेको गठबन्धन के पी ओलीको नेतृत्वमा आम निर्वाचनमा गएको थियो। स्थिर सरकारमार्फत् जनतालाई समृद्धि प्रदान गर्ने प्रतिबद्धता मन पराएर नेपाली जनताले सो गठबन्धनलाई सुविधाजनक बहुमत दिए।

स्वाभाविक रुपमा वर्तमान सरकारलाई पार्टी बाहिरबाट गिराउन नसक्ने तर पार्टीभित्र हुने सत्ता संघर्षले मात्र सरकारलाई विस्थापन गर्न सक्ने अवस्था छ। पार्टी एकताबद्ध भएर अगाडि आएको अवस्थामा पाँच बर्षसम्म एकै प्रधानमन्त्रीले सत्ताको बागडोर समाल्न पाउने अवस्था विद्यमान छ।

पार्टी सचिवालयमा हाल देखिएको सौहार्द्रताले सरकारको स्थिरता सुनिश्चित गरेको छ। पार्टीमा बेलाबखत देखापर्ने बहुमत अल्पमतले सरकारको भविष्य फैसला गर्ने होइन, चुनावका बखत अभिव्यक्त जनमत र चुनाबी घोषणाको परिपालना र प्राप्त उपलब्धिका कसीमा सरकारको मुल्याङ्कन हुनुपर्ने वास्तविकतालाई उजागर गरेको छ।

पार्टी एकताको शिघ्र पूर्णता

पार्टी एकताका कामहरु अझै सम्पन्न भएका छैनन्। पार्टीका आधारभूत तहका लाखौं संसचनाको हालसम्म एकीकृत भएका छैनन्। पार्टी केन्द्रमा असहजता पैदा हुँदा एकता प्रक्रिया अवरुद्ध हुने र सौहार्द्रता पैदा हुदा एकता प्रक्रिया छिटोछिटो अगाडि बढ्ने गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख नारा ‘जनताको सेवा गर’ भन्ने रहेको छ। चिनियाँ कम्युनिष्टहरुको लागि मात्र होइन, यो नारा नेपालका कम्युनिष्टहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ। 

नेतृत्वमा असहजता देखिदा सरकार पनि अल्मलिने र सही निर्णय गर्न चुक्ने अवस्था बन्दै आएको छ। पार्टी एकताका बाँकी काम शीघ्रातिशीघ्र सम्पन्न हुने र सरकारको प्रभावकारी सञ्चालन अपेक्षा हुने अपेक्षा गर्न सकिन्छ।

गत केन्द्रीय कमिटीको बैठकले पार्टीको एकता महाधिवेशन २०७७को चैत्रभित्र गर्ने निर्णय त गरेको छ तर त्यसको आन्तरिक तयारी शुन्य अवस्थामा छ। अब महाधिवेशनको आन्तरिक तयारीले तीव्रता पाउने र तोकिएको समयमै महाधिवेशन हुने संभावना समेत बढेको छ।

अवाञ्छित दौडधुपको अन्त्य

राजनीति स्थीरताको लागि वर्तमान प्रधानन्त्री के पी शर्मा ओलीलाई पाँच बर्षसम्म सत्ताको नेतृत्व गर्नु पर्ने पार्टीको पटक–पटकको निर्णय बिर्साउने गरी पार्टीभित्रै सत्ताको लागि अवाञ्छित दौडधुप महसुस गरिएको थियो।

सानातिना विषयलाई उछालेर पार्टीका नेता कार्यकर्ताले सार्वजनिक रुपमै प्रधानमन्त्रीको राजिनामा माग्ने र पार्टी नेतृत्वको सरकारले केही गर्न नसकेको आरोप प्रवाह हुदै आएको थियो। यसले गर्दा सरकारले गरेका राम्रा कामको पनि पार्टीले जस लिन नसक्ने स्थिति उत्पन्न भएको थियो।

सरकार र पार्टीबीच ‘जोगी देख्दा भैंसी डराउने, भैंसी देख्दा जोगी डराउने ’ अवस्था आएको थियो। नेतृत्व तहमा कायम भएको सौहार्द्रताले यो परिस्थितिको अन्त्य गरिदिएको छ।

कोरोनाविरुद्धको लडाइँ थप प्रभावकारी हुन सक्ने

कोभिड–१९को महामारीबाट विश्व नै संकटमा परिरहेको बेला हालसम्म सो महामारीबाट नेपाल जोगिएको छ। कोरोना संक्रमितको संख्या दुई अंकमा सीमित छ भने पूरा निको भएर घर फर्कनेको संख्या बढिरहेको छ। सरकारका प्रभावकारी एवं समयसापेक्ष कदमका कारण नै यो सम्भव भएको हो।

तर, सत्तारूढ पार्टीभित्रको असहजता र यसैविच आएका दुई अध्यादेशले कोरोनाविरुद्धको लडाईंमा अलमल र अन्योल देखा परेको थियो। पार्टी र सरकारमा देखिएको समझदारीले कोरोनाविरुद्धको लडाईंमा नेपालले पूर्ण सफलता पाउने आशा गर्न सकिन्छ।

चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख नारा ‘जनताको सेवा गर’ भन्ने रहेको छ। चिनियाँ कम्युनिष्टहरुको लागि मात्र होइन, यो नारा नेपालका कम्युनिष्टहरूका लागि पनि उत्तिकै सान्दर्भिक छ। पार्टीभित्र हुने शक्ति संघर्ष, सहकार्य, एकता र आलोचना आत्म–आलोचना नेपाली जनताको सर्वोपरि हितमा खर्चिए देशको समृद्धि टाढा छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.