|

काठमाडौं : भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमण रोक्न लकाउन गरिएको अवस्थामा नेपाल जाने प्रयास नगर्न आग्रह गरेको छ।
दूतावासले भारतमा रहेका नेपालीहरुलाई जो जहाँ भए पनि धैर्य गरेर बसिदिन अपिल गरेको हो। 

‘भातरमा आई यतै रोकिनुभएका नेपालीहरु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, धैर्यताका साथ बसिदिनु होला’, दूतावासले भनेको छ, ‘सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि नलगाी नेपाल जाने प्रयास नगर्नू होला।’

दूतावासले भारतमा रहँदा नेपालीहरुले भोगिरहेका समिस्याहरुसँग जानकार रहेको पनि उल्लेख गरेको छ। ‘भारतमा रहेका नेपालीहरुको समस्या समाधान गर्न दूतावास क्रियाशील छ’, अपिलमा भनिएको छ, ‘आपत परेको अवस्थामा दूतावासको हटलाइन नम्बरहरु ८९२९६०१९२५, ०११–२३४७६२०० र ०११–२३३२७३६१ मा फोन गर्नुहुन अनुरोध छ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.