|

उदयपुर : यतिबेला तरकारी नबिकेर खेतबारीमै कुहिन थालेपछि उदयपुरका किसान चिन्तित छन्। जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केमा एउटै गाउँका २८ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि जिल्लालाई प्रदेश सरकारले सिल गरेको छ। 

जिल्ला सिल भएसँगै व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानहरू यतिबेला मर्कामा परेका छन। त्रियुगा नगरपालिका ३ मोतिगडाका कृषक लिलबहादुर कार्कीले दुई बिघा जमिनमा गरेको तरकारी कुहिएर नष्ट हुँदा, दुई लाख भन्दाबढीको घाटा लागेको बताए।

आम्दानी लिन सुरु भएपछि सरकारले लकडाउन घोषणा गर्दा उनले लगाएको तरकारी बिक्री गर्न नपाउँदा बारीमै कुहेको हो। पानी परेपछि रातै भएर पाकेको खुर्सानी, टमाटर पुरै नष्ट भएको कार्कीले बताए।

कार्कीले भने,‘लकडाउनका शुरुवाती दिनमा केही व्यवपारीहरू तरकारी किन्न खेतमै आए पनि भुल्केमा कोरोना संक्रमणको पुष्टि भएपछि कोही आउन छोडेको केही आएकालाई पनि गाँउमा प्रबेश गर्न निषेध गरेकाले तकारी बेच्न पाइएन।’

नाफाको कुरा त परै जाओस साँवा रकम नै घाटा लागेको उनले बताए। ‘विघा क्षेत्रफल खेतमा काउली, काक्रा, खुर्सानी, बन्दा, बोडी, टमाटार,र्फसी लगाएको थिएँ, बजार लैजान नपाए पछि सबै बारीमै कुहिएको छ', उनले भने, 'कतिपय छिमेकीले त्यसै लगे, धेरैजसो पशुचौपायका लागि खोले बनाएँ। त्यति गर्दा पनि नसकिएपछि मल हुन्छ, भनेर बारीमै खाल्डो खनेर पुर्नु परेको छ।'

अहिले सबैभन्दा बढी टमाटर, काँक्रा र खुर्सानी नष्ट भएको  उनले बताए।  ‘लकडाउन नभएको भए यो सिजनमा दुई लाखको तरकारी मज्जाले बेच्थेँ। तमाटार, काँक्रा, खुर्सानी स्याहारसुसार सकेर परिश्रमको फल लिने बेला सबै नष्ट भयो, किसान जसरी पनि सडक छाप नै भयौँ’, उनद्ये भने, 'बैंकको लोन कसरी तिर्ने यो कुराले निकै सताइ रहेको छ। कतैबाट सहयोग आउने झिनो आश भने  बाँकी छ।'

 ५ क्विन्टल भन्दाबढी र्खुसानी बेच्ने बेला भाको छ। कुहिएर झर्न थालेको र बजारमा खुर्सानी प्रती केजी सय रुपँया बिक्री हुन्छ। कोही किन्न यहाँ आए सस्तो मुल्यमा दिने उनी बताउँछन्। त्यसो त उनी मात्र हैनन् १० बिघा जमिनमा कृषक समुहमार्फत सामुहिक वगर खेती गर्दै आएका त्रियुगा नगरपालिका १२ विसपुरका विभिषणदास चौधरीले पनि लाख बढी घाटा व्यहोर्नु पर्यो। ‘उत्पादन धेरै भयो, बिक्री गर्ने समयमा लकडाउनले बजार र्पुयाउन पाइएन।  यस्तो हुन्छ भन्ने थाहै भएन', कुहिएको तरकारी देखाउँदै उनले भने।   

चौधरीको खेतीमा तर्वुजा, काँक्रा, लौका, फर्सी र करेला लगाएका छन्। बिक्री गर्न नपाएपछि लाखौँको तरकारी नष्ट भएको उनको भनाइ छ। यी मात्र हैनन त्रियुगा नगरपालिका क्षेत्रका थुप्रै किसानहरूले लगाएको तरकारी खेती लकडाउनकै कारण बारीमै कुहिएको छ। आफुले उब्जाएको तरकारी बिक्री वितरण गर्न नपाएपछि बैंकको लोन तिर्ने पिरले किसानहरूलाई सताएको छ।

व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका यहाँका किसानले उत्पादित तरकारी सरकारले नै खरिद गरिदिनु पर्ने अन्यथा क्षतिको राहत दिनु पर्ने बताएका छन्। उनीहरूले आम्दानी लिने बेलामा सधैँ मुल्यको गिरावट, बन्दहडताल जस्तो समस्याले किसान मर्कामा पर्ने गरेको बताएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.