|

काठमाडौं : साइप्रसमा एकै कोठामा सँगै बस्‍ने एकजना नेपालीले अर्का नेपालीको छुरा हानेर हत्या गरेका छन्।

साइप्रसको ग्रामीण क्षेत्रस्थित निकोसियामा बस्‍ने एक युवकले सामान्य विवादका क्रममा एकै कोठामा बस्‍ने साथीलाई छुरा हानेपछि मृत्यु भएको हो।

स्थानीय सञ्‍चारमाध्यमका अनुसार छुरा हान्‍ने र मृतक दुवै नेपाली हुन भने उनीहरु समान २१ वर्षका थिए।

यो घटना निकोसिया जिल्लाको एभ्रीचौमा मंगलबार राति करिब साढे १० बजेतिर भएको हो। दुई नेपालीको झगडा एकै घरमा बस्‍ने अन्य नेपालीहरुले पनि देखेका थिए। उनीहरुका अनुसार घरको सामान्य कामबारेमा दुईबीच बहसका क्रममा झगडा भएको थियो।

साथीलाई ज्यान लिने गरी आक्रमण गरेपछि ती नेपाली युवक आफैँ स्थानीय पुलिस स्टेशनमा पुगेकाभ थिए।

पुलिसले तुरुन्तै घटनास्थलमा पुगेर घाइते नेपालीलाई स्थानीय अस्पतालको आपतकालीन उपचार कक्षमा लगेका थिए। तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरिदिए। प्रहरीले अर्का नेपालीलाई हत्या आरोपमा पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.