२ लाख ८० हजारले रोजगारी गुमाउने

|

काठमाडौ‌ं :  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका चार लाखभन्दा बढी नेपाली श्रमिक घर फर्किन चाहेको बताएको छ। 

बुधबार प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बैठकमा श्रममन्त्री रामेश्वर राय यादवले उक्त कुराको जानकारी गराएका हुन्।मन्त्रालयका अनुसार विदेशमा ४ लाख ७ हजार नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन्। तीमध्ये १ लाख २७ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ। उनीहरुमध्ये कसैको भिसाको अवधि सकिएकाे छ भने कोहीले आममाफी पाएका छन्। 

मन्त्रालयका अनुसार मलेसियाबाट सात हजार, कतारबाट ७५ हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (युएई)बाट १२ हजार, कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ।

वैदेशीक रोजागारीका लागि विभिन्न ७ देश पुगेका नेपालीको संख्या १३ लाख ४८ हजार ८ सय ७२ रहेको छ। ती मध्ये २ लाख ८० हजारले कोरोनाका कारण तत्काल रोजगारी गुमाएका छन्।   

जसमा मलेसियमा ३० हजार, कतारमा ७० हजार नेपाली श्रमिकले रोजगfरी गुमाउने मन्त्रलायलको आकलन छ। त्यस्तै साउदी अरबमा एक लाख नेपाली श्रमिक बेरोजगार हुने मन्त्रलायले जनाएको छ। युएईमा ५५ हजार नेपाली बेरोजगार हुनेछन् भने कुवेतमा १५ हजारले रोजगारी गुमाउनेछन्। त्यस्तै बहराइनमा ७ हजार र ओमानमा ३ हजार बेरोजगार हुनेछन्। 

सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार संयन्त्र बनाएको छ। जसमा स्वदेश फिर्ता व्यवस्थापन समिति बनाउने र त्यसबाट उद्धारका लागि काम गर्ने तयारी गरेको छ। श्रम, परराष्ट्र, गृह, पर्यटन, स्वास्थ्य, संघीय मामिला तथा अन्य विभागको सहभागितामा यस्तो समिति बन्नेछ। मन्त्रलायले भने भारतमा रोजगारीमा गएका नेपालीको तथ्यांक भने समेटिएकाे भने छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.