|

पर्सा : भारत तथा तेस्रो मुलुकबाट नेपालका उद्योगी व्यवसायीले रेलमार्फत मगाएका कच्चा पदार्थलगायत सामान लिएर आएका कन्टेनरले वीरगन्जको ड्राइपोर्ट (सुक्खा बन्दरगाह) मा जाम भएको छ।

लकडाउनले कच्चा पदार्थ सकियो भनी उद्योगी व्यवसायीहरुले बताइरहेको समयमा त्यो कुरालाई मिथ्या सावित गर्दै वीरगन्जको सुक्खा बन्दरगाह भने कच्चा पदार्थ लगायतका सामान बोकेर आएका कन्टेनरले बन्दरगाहमा जाम भएको हो।

मुलुककै पहिलो सुक्खा बन्दरगाह यति धेरै जाम हुनेगरी खचाखच भरिनुमा बन्दरगाह व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रा.लि. र उद्योगी व्यवसायीको हेलचेक्र्याइँ रहेको बुझिएको छ।

सुक्खा बन्दरगाहमा रहेको भन्सार कार्यालयबाट जाँचपास भए पनि हिमालयन टर्मिनल प्रा.लि.ले समयमा नै कन्टेनर लोड नगरिदिँदा बन्दरगाहमा नै कन्टेनर थुप्रिएको उद्योगी व्यवसायीको आरोप छ। हरेक दिन लोड अनलोड गरिदिनुपर्नेमा लोडअनलोड गर्ने रिचेष्टेकर मेशिन टर्मिनल प्रा.लि.ले दुरुस्त नराख्दा समस्या हुने गरेको उनीहरुको दाबी छ। अहिले त लकडाउनले पनि केही समस्या थपिएको उनीहरुको भनाइ छ। 

तर, सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका सिइओ विष्णु कान्त चौधरी भने टर्मिनलको कारण जाम भएको स्वीकार्न तयार छैनन्। लकडाउनको कारण उद्योगी व्यवसायीले तुरुन्त सामान नउठाई दिँदा सुक्खा बन्दरगाह क्षेत्रमा नै कन्टेर जाम भएको उनको तर्क छ।

रिचेष्टेकर मेशिनले लोडिङ अनलोडिङ मात्र गर्दा हुने ठाउँमा यताका उता उताका तेता गरी ठाउँ खाली गर्दै नयाँ रेलबाट आएका कन्टेनर राख्‍नु पर्दा स्वभावैले मेशिनलाई बढी लोड परी वैशाख महिनामा २⁄३ दिन मेशिन बिग्रिएको उनले स्वीकारे।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.