|

काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन्। आइतबार राति नौ बजे सिंहलाई राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो। 

उनको हृदय रोग विभागमा राखेर उपचार भइरहेको छ। ८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको उपचारमा डा नितिश नाइक नेतृत्वको टोली उपचार गरिँदै छ। छातीमा समस्या  र स्वास्थ्यमा असहजता महसुस भएपछि उनी अस्पतालमा भर्ना भएका हुन्। 

अर्थविद् डा सिंह सन् २००३ पछिलगातार दुईपटक भारतको प्रधानमन्त्री बनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.