|

काठमाडौं :  नेपाली सेनाले खरिद गरेको कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ।

फ्लास फ्रेइट लजिस्टिक कम्पनीमार्फत नेपाली सेनाले खरिद गरेको औषधि ल्याउने भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडकाले बताइन्। उनका अनुसार जहाज एयर बस ३३० मे १८ मा चीनको ग्वान्जाउ गएर १९ फर्कने भएको छ।

त्यसैगरी, जापानी दूतावासले चार्टड गरेको जहाजमा जापानी नागरिक लिएर जापानको नरिता जाने भएको प्रवक्ता खडकाले जानकारी दिइन्। मे १५,१७ र २२ मा जाने भएको छ।

यसरी लकडाउन अवधिमा कतार एयरपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सले आठ उडान गरेको छ। कतार एयरले १० उडान गरेको थियो।

निगमको पहिलोपटक चैत १६, २० र २४ गते निगमका वाइडबडी जहाजले चीनको ग्वान्जाओबाट स्वास्थ्यसामग्री ल्याएका थिए। त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो। भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो।

हाल दुई वाइडबडी ए-३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन्।

चीनबाट यो साता औषधि : प्रवक्ता पाण्डे

चीनबाट २ वटा फ्लाइट गरेर स्वास्थ्य सामग्री ल्याउन लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। प्रवक्ता पाण्डेले भने,'पिपिई, एन नाइन्टी फाइभ मास्क, चस्मा, पन्जा र पिसिआर परीक्षण किट ल्याइने भएको छ।' ४८ टन सामग्री हवाइ मार्गबाट ल्याइने पाण्डेले जानकारी दिए।

सोमबारबाट कष्टमको काम सुरु भएकोले यो हप्तामा चीनबाट सामग्री आउने पाण्डेले बताए। सर्टिफिकेटको पनि कामको लागि सुरु भइसकेको छ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.