|

काठमाडौं : कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।

मंगलबार संक्रमण देखिएका ८ जनामध्ये २५ वर्षीया स्टाफ नर्स रहेकी कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले थाहाखबरलाई बताए।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको नेपालीले जानकारी दिए। अस्पतालका अन्य कर्मचारीको परीक्षणकाे तयारी भइरहेको उनले बताएका छन्।

कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिललवस्तु नगरबासी हुन्। संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन्। उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।

मंगलबारै थपिएका रुपन्देहीका ९ जना संक्रमितहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन्। उनीहरु भारतको मुम्बईबाट आएर लुम्बिनीमै क्‍वारेन्टाइनमा बसिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.