नाका सिल गर्न संघ सरकारलाई प्रदेशको आग्रह

|
फाइल तस्बिर

हेटौंडा : जिल्लामा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाइने भएको छ। पर्सामा संक्रमित बढेसँगै मकवानपुरमा मंगलबार कमान्ड पोस्टको आकस्मिक बैठक बसेको छ। 

बैठकले  विशेषगरी हेटौंडाको चुरे क्षेत्रको जंगल भएर तराईका वभिन्न जिल्लाबाट कामदार आउने गरेका छन्। उनीहरुलाई रोक्न उक्त क्षेत्रका वडाध्यक्ष र स्थानीय समेतको समिति बनाइएको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले जानकारी दिए।

यस्तै उद्योग, कलकारखाना र निर्माण क्षेत्रमा तराईका जिल्लाबाट कामदार ल्याउन रोक लगाइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । 

जेठ १ गतेबाट भने हेटौंडाको बसपार्कमा रहेको तरकारी बजार पनि बन्द गर्ने र बिहान खाद्यान्न पसल खोले पनि दिउँसो भने बन्द गरिने निर्णय भएको खुलाले बताए।
बैठकले कोरोना संक्रमित भेटिएको मकवानपुरको छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट, चितवनलगायतबाट तरकारी, फलफूल, मानिस, माछामासु, कामदार तथा श्रमिक पनि नल्याउने निर्णय भएको मकवानपुरका प्रमख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।  

प्रदेशको नाका सिल गर्न संघलाई आग्रह 

बागमती प्रदेश सरकारले छिमेकी प्रदेशको बारा, पर्सा, रौतहट क्षेत्रमा कोरोनाको संक्रमण दर बढेपछि प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ। मंगलबार साँझ बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।

बागमती प्रदेश सरकारले एकतर्फी रुपमा बन्द गर्न मिले पनि नाका सिल गर्न संघीय सरकारको निर्देशन आवश्यक पर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.