|

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिले नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको छ।

विश्वब्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न सावधानी कदमहरुको पालना गर्दै राहत वितरण गरिएको एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारका प्रथम उपाध्यक्ष एवं उद्दार तथा राहत समिति संयोजक उत्तम गुरुङले जानकारी दिए।

समितिद्वारा पाँचौ चरणमा एनसीसी कतारको श्रमिक कोषमार्फत कतारका विभिन्न ठाउँमा रहेका कोरोना भाइरसको समस्याबाट प्रभावित भएका १७ महिला र २७ पुरुष गरि ४४ जना नेपाली श्रमिकहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको हो।

खाद्यान्न राहत प्याकेजमा प्रतिब्याक्ति चामल ५ केजि, तेल १ लिटर, दाल १ के जि, प्याज १ के जि, आलु ३ के जि, सोयाबिन २५० ग्राम, नुन १ प्याकेट र मिक्स मसला १ प्याकेट वितरण गरिएको संयोजक गुरुङले बताए।

राहत कार्यक्रममा आईसीसी मध्यपुर्व संयोजक प्रबिण गुरुङ,आईसीसी सदस्य रमेश भट्ट र एनसीसी परिवारलगाएतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.