|

काठमाडौं : लकडाउनका कारण माछा पाल्ने पोखरीमा माछा हाल्‍न नपाएपछि झार उम्रिएको छ। गोकर्ण नाम्गेलको नेपाल हिमालय हाई अल्टिच्युट एग्रोफर्मको पोखरीमा माछाको साटो झार उम्रिएको हो।

समयमा माछा ल्याउन नसकेपछि अहिले माछा पाल्ने चारवटा पोखरीमा झारैझार उम्रिएको छ। एग्रोर्फमका सञ्चालक लक्ष्मी रोकायले लकडाउनले गर्दा समयमा माछा हाल्न नपाएको बताए।

‘चैत महिनामै माछा हाल्नुपर्ने थियो,’उनले भने,‘तर, लकडाउनले अहिलेसम्म माछा हाल्न पाएका छैनौँ। माछा पाल्ने पोखरीमा अहिले झारैझार उम्रिएको छ। माछा बस्नुपर्ने ठाउँमा झारको रजाइँ छ।’ उनका अनुसार  पौष महिनामै माछा निकालेका थिए। त्यसपछि अहिलेसम्म पोखरी खाली नै छ।

उनले समयमा माछा हाल्न नपाउँदा करिब ४० लाख घाटा भएको भन्दै उनले दु:खेसो पोखे। ‘चारजनाको समूहमा एग्रोफर्म सञ्चालन गरेका थियौँ,’उनले भने,‘केही आम्दानी गर्न सकिन्छ कि भन्‍ने आशा थियो। तर, ती आशा सपनामै सीमित रह्यो।’ उनका अनुसार ती फर्ममा हास,कुखुरा,टर्की,बंगुर पनि पालेका छन्। लकडाउनले गर्दा भने अनुसार उनीहरूका लागि दाना ल्याउन सकेका छैनन्। 

जग्गा भाडाकै चिन्ता

सञ्चालक रोकायका अनुसार १६ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएका थिए। वार्षिक जग्गा भाडा चार लाख तिर्नुपर्छ। ‘जग्गा भाडा वार्षिक चार लाख तिर्नुपर्छ,’उनले भने,‘व्यवसाय अहिले छैन। कसरी जग्गा भाडा तिर्नुपर्ने हो। चिन्ता लागिरहेको छ।’ ती फर्ममा अहिले दुई कामदार छन। तर,लकडाउनले व्यवसायमा घाटा भएपछि केही महिनादेखि तलब नपाएको उनीहरुले गुनासो गर्दै आएका छन्। यसरी उनले घाटामाथि घाटा थपिएको पीर पोखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.