|

काठमाडौं : कोरोना भाइरसको महामारीसँगै जारी लकडाउनका कारण भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ। आईपिएल स्थगित भएसँगै यही अवस्था रहे प्रतियोगिता रद्‍द नै हुने आशंकासमेत गरिएको छ। आइपिएल रद्‍द भए करोडौं घाटा हुनेछ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसिसीआई) का कोषाध्यष अरुण धूमलले क्रिकेट वेभसाईट क्रिकबजसँग आईपीएल रद्ध भए करिब ४ हजार करोड रुपैयाँ घाटा हुने बताएका छन्। धूमलले भने—दुईपक्षीय सिरीज नहुँदा ठूलो नोक्सानी भइरहेको छ, यदि आइपिएल पनि गराउन सकेनौं भने, करिब ४ हजार करोड रुपैँया राजस्वमा घाटा हुनेछ।’

यो घाटाबाट बच्न र आइपिएल गराउनका लागि उपयुक्त विकल्पमाथि बिसिसीआईले विचार गरिरहेको छ। बिसिसिआईले यसबर्ष मार्च २९ देखी सुरु हुने तय भएको आइपिएल कोरोना संकटका कारण अनिश्चितकालका लागि स्थगित गरेको छ। अब आइपिएल अगस्ट—सेप्टेम्बर वा अक्टूबर—नोभेम्बरमध्ये एक समयमा गर्न सकिनेबारे बिसिसीआईले विचार गरिरहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।

धूमलले आफूहरूसँग धेरै विकल्प र उपाय रहेको भन्दै त्यसमाथि इंग्ल्यान्ड, अष्ट्रेलिया र अन्य सबै क्रिकेट बोर्डले मिलेर छलफल गर्न जरुरी रहेको बताएका छन्। यसअघि उनले यसवर्षको अन्त्यमा हुने अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय टोली दुई हप्ताका लागि क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.