|

काठमाडौं : चितवनको भरतपुर कोरोना अस्पतालमा उपचाररत राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिला निको भएर घर फर्किएकी छिन्। परीक्षणका क्रममा छैटौँ पटक कोरोना नेगेटिभ आएपछि उनी घर फर्किएकी हुन्।

अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल पुगेकी थिइन्।

संक्रमित दुवैको अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टाइनमा बस्नलाई आग्रह गरिएको नगरप्रमुख बरालले थाहाखबर लाई बताइन्। २७ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिइन्। ६ पटक परीक्षण गर्दा मात्र नेगिटिभ देखिएकोले आज डिस्चार्ज गरिएको हो,' उनले भनिन्।

२७ वर्षीय छोरामा पनि कोरोनाको संक्रमण देखिएको थियो। यसअघि नै निको भइसकेका उनी आमाको स्याहार गर्दै आइरहेकाले आमासँगै घर फर्किएका छन्। अस्पतालले उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरेको थियो।

आमा र छोराको स्वाब वैशाख ४ गते भरतपुरमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

त्यसपछि उनीहरूको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु पठाइएकोमा पुन: पोजिटिभ देखिएको थियो। दुवै आमा छोरा गत चैत ३ गते बेलायतबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.