|

हेटौंडा : मकवानपुरको छिमेकी जिल्लाहरूमा कोरोनाको संक्रमण बढ्दै जाँदा मकवानपुर पनि उच्च जोखिममा परेको छ।  बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा बिहान लकडाउनको कुनै पनि प्रभाव देखिँदैन। जिल्ला समन्वय समितिको नेतृत्वमा बारम्बार कमाण्ड पोष्टको बैठक बसे पनि बिहानको समयमा हुने भिडलाई व्यवस्थापन गर्न सकेको छैन। 

मकवानपुरमा प्रहरी र प्रशासन तथा हेटौंडा उपमहानगरपालिकाको कमजोर उपस्थिति रहेको देखिन्छ। यता उद्योग वाणिज्य संघले पनि आफ्ना सदस्यहरुलाई निर्देशन दिएर उपयुक्त समयमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सकेको छैन। कमाण्ड पोष्टको बैठकले लकडाउन कडाइ गर्ने धेरैपटक निर्णय गरे पनि मर्निङवाक, इभिनिङ वाकसमेत रोक्न सकेको छैन।



उसो त हेटौंडाका जनता पनि अटेर देखिन्छन्। हेटौंडाका राप्तीरोड, स्कुल रोड र कान्तिराजपथमा बिहानको समयमा मेला नै लाग्ने गरेको छ।  

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल भने सीमामा कडाइ गरेको बताए। उनले आन्तरिक रूपमा केही सहज रहेको भएता पनि चुरियामाई नाका कडा गरेको दाबी गरे।

प्रजिअ नेपाल नाकामा कडाई गरेको भन्दै आन्तरिक लकडाउनको बारेमा  भने पन्छिन खोजेका छन्।  हेटौंडामा लकडाउन कडा नभएको र उच्च जोखिममा हेटौंडाका स्थानीय तह र प्रशासनले बलियो उपस्थिति नजनाएका भन्दै हेटौंडामा स्थानीयवासीहरूले सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन्।  

           

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.