|

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन्।

भागेका दुईजनामध्ये  एकजना अस्पतालका कर्माचारीको सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड मदनकुमार उपाध्यायले बताए।

अन्य एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको उपाध्यायले थाहाखबरलाई बताए।

बुधबार वीरगञ्‍जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका थिए। संक्रमित भागेसँगै यस क्षेत्रमा खैलाबैला भएको थियो। संक्रमित भागेपछि जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पताल पुगिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.