|

दार्चुला : सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रू पुगेका छन्। सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति  बिष्ट छाङ्‌रु पुगेका हुन्। 

सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्ने छाङ्‌रु पुगेको हो। त्यहाँ पुगेर डिएसपी विष्ट नेतृत्वको टोलीले बोर्डर आउट पोस्ट पनि स्थापना गरेका छन्। 

नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर गएको हो। सशस्त्र प्रहरी बलले छाङ्‌रुस्थित स्थानीयको घर भाडामा लिएर कार्यालय खोलेको छ।

सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीका नौजना समेत छाङ्‌रु गएका छन्। सितापुल चौकीका नौजना हेलिकोप्टरबाटर तीनजना त्यही चौकीका लागि व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ प्रहरी चौकीबाट हिँडिसकेको प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले बताए 

व्यासको छाङरुमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिँदैछ। छाङरुमा सशस्त्र प्रहरी चौकी स्थापना गर्न एआइजी नारायणबाबु थापा, डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई दार्चुला पुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.