|

उदयपुर : उदयपुरका २६ जना पत्रकारहरुको बुधबार थ्रेट स्वाब संकलन गरिएको छ। भुल्केका ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि त्यस क्षेत्रमा रिर्पोटिङमा गएका पत्रकारहरुकोे स्वाब संकलन गरिएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरको स्वास्थ्यकर्मीको टोलीले जिल्ला अस्पताल उदयपुरमा स्वाब संकलन गरेको हो। जिल्ला अस्पतालमा ३ जना महिला र २३ जना पुरुष पत्रकार गरेर जम्मा २६ जनाको स्वाब संकलन गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

संकलित स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइने जनस्वास्थ्य प्रमुख सुवेदीले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.