|

महाराष्ट्रबाट उत्तर प्रदेश आउँदै गरेका आठजना प्रवासी मजुदरको सडक दुर्घटनामा ज्यान गएको छ।

बीबीसी हिन्दीले सो दुर्घटनामा प्रवासी मजदुरको मृत्यु भएको उल्लेख गरेपनि ती कुन देशका हुन् भन्ने खुलाएको छैन। 

मध्य प्रदेशको गुना जिल्लामा भएको दुर्घटनामा ५० जनाभन्दा बढी मजदुर घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यी सबै मजदुरहरु महाराष्ट्रबाट ट्रक चढेर उत्तर प्रदेशतर्फ जाँदै गर्दा बुधबार राती बससँग ठोक्किएर दुर्घटना भएको हो। 

घाइतेहरुलाई अहिले गुना जिल्ला अस्पतालमा लगेर उपचार थालिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.