गृहमन्त्रीका सुरक्षा सल्लाहकारले भेटे एसएसबीलाई

|

काठमाडौं :  बुधबार पुगेको सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल-भारत सीमा क्षेत्रमा गस्ती थालेको छ। दार्चुलाको व्याँस गाउँपालिका -१ छाङ्‍गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो। 

सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) को टोलीले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा गस्ती थालेको हो। 

सशस्त्रको टोलीले गागास्थित महाकाली नदी किनारमा गस्ती गर्न थालेको हो। बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ। 

बुधबार गागामै बास बसेका गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार प्रा. डा. ईन्द्रजीत राईले महाकाली किनारमा रहेका भारतीय सुरक्षाफौजका टोलीलाई पनि त्यसक्रममा भेट गरेका छन्। 

महाकालीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार राईसँग भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिले कुराकानी गरेका हुन्। उनको साथमा छाङ्‍रुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि थिए।

भारतको अतिक्रमणमा परेको कालापानी क्षेत्रमा गृहमन्त्रालयले सशस्त्र प्रहरीको गुल्म नै राख्‍ने प्रक्रिया अघि बढाएको छ। सरकारले ब्याँस गाउँपालिकाको छाङ्‍गरुस्थित गागामा बुधबार २५ जना टोलीसहितको बोर्डर आउट पोस्ट राखेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.