|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका ५ का कार्यवाहक अध्यक्ष श्याम निरौलामाथि आक्रमण भएको छ। शुक्रबार साँझ ८ बजे वडा कार्यालय नजिकै अज्ञात समूहले आक्रमण गर्दा निरौला गम्भीर घाइते भएका नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिए । 

अज्ञात व्यक्तिकाे खुकुरी प्रहारबाट निरौलाको शरीरमा चोट लागेको छ। घटना कसले गरे गराएको भन्नेबारे पत्ता लागिनसकेको नगर प्रमुख खतिवडाले बताए । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.