|

संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटारका किसानले लगाएको मकैबालीमा फौजी किराको संक्रमण देखिएको छ। गोडिसकेका मकै फौजी किराले नष्ट गर्न थालेको हो।

गोडिसकेका मकै फौजी किराले नष्ट गर्न थालेको वडा नम्बर ९ का अध्यक्ष टिकाराम कुमालले बताए। मकै फौजी किराले खाएर नष्ट गर्न थालेपछि किसानले गुनासो गर्न थालेको अध्यक्ष कुमालले बताए। 

तुम्लिङटारमा अघिल्लो वर्षजस्तै यस वर्ष पनि मकैमा फौजी कोराको संक्रमण बढेको किसान सन्तोाष खत्री बताउँछन्। फौजी किराको संक्रमण बढ्दै गए यसपाली मकै भित्र्याउन नपाइने उनको चिन्ता छ। तुम्लिङटार, बोहोराटार, कुमाल गाउँ, माथिल्लोटारमा लगाइएको मकैमा फौजी किराको संक्रमण देखापरेको छ। फौजी किराको संक्रमणको पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको किसानको गुनासो छ।

यस वर्ष फौजी किराले संखुवासभाको १० स्थानीय तहमध्ये छवटा तहका सयौं हेक्टर क्षेत्रफलमा फौजी किराले मकैमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द आचार्यले बताए। फौजी किराको संक्रमण खाँदबारी, चैनपुर, मादी, पाँचखपन, धर्मदेवी नगरपालिका र मकालु गाउँपालिकामा देखिएको प्रमुख आचार्यले जानकारी दिए। फौजी किराको प्रकोप देखिएपछि कृषि प्राविधिकहरुले किसानलाई यसको नियन्त्रण सम्बन्धमा परामर्श दिएर प्रकोप नियन्त्रण गर्नका लागि सचेतना कार्यक्रम गरेको कृषिज्ञान केन्दले जनाएको छ।

मकैमा लागेको फौजी किरा मार्न इमामेक्टिन बेन्जोड नामक विषादी प्रतिग्राम दुई लिटर पानीमा घोलेर प्रयोग गर्न केन्द्रले सुझाएको छ। विषादी प्रयोग गर्दा विशेष सुरक्षा सावधानी अपनाउन केन्द्रको आग्रह छ। यस्तै, विषादी प्रयोग गरेपछि १४ दिनसम्म त्यहाँ भएको तरकारी तथा घाँस प्रयोग गर्न नहुने ज्ञान केन्द्रका प्रमुख आचार्यले बताए। फौजी किरा १०० किलो मिटरसम्म सजिलै पुग्न सक्ने गर्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.