|

काभ्रे : धुलिखेल अस्पतालमा उपचाररत एकजना सुत्केरीको शनिबार मृत्यु भएको छ। कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको बिहीबार राति मृत्यु भएको हो । 

ती महिला सिन्धुपाल्चोकको बाह्राविसे नगरपालिका वडा नं. ९ निवासी हुन् । त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर वैशाख २५ मा डिस्चार्ज भएकी उनी घर फर्किएपछि बिरामी परेकी थिइन्। उच्च ज्वरो आएर बिरामी परेपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। 

घर पुगेपछि ज्वरो आएर श्‍वास फेर्न गाह्रो भएपछि उनलाई धुलिखेल अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको बिहीबार राति ज्यान गएको हो।

ज्यान गुमाएकी महिलाको पिसिआर परीक्षणका लागि स्वाब धुलिखेलस्थित ल्याबमा पठाइएको जानकारी जिल्ला स्वास्थ्य प्रमुख डा. नरेन्द्र झाले थाहाखबरलाई जानकारी दिए। अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले सुत्केरीको मृत्युपछि अस्पतालमा विशेष सजगता अपनाइएको बताए।

'शिक्षण अस्पतालमा सुत्केरी भएपछि छातीमा समस्या भएर धुलिखेल अस्पतालमा बिहीबार राति ल्याइएको रहेछ', झाले भने, 'उनको त्यही राति ज्यान गएको हो। पिसिआर परीक्षण हुँदैछ, रिपोर्ट आइसकेको छैन।'

गत वैशाख २७ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । 

श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई अस्पताल ल्याइएको थियो', जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख झाले थाहाखबरसँग भने, ‘श्वासप्रश्वासमा समस्या भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्। उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ।’

आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो। ती महिलालाई १ जेठ साँझमा धुलिखेल अस्पताल ल्याइएको थियो। ती महिलाको आरडीटी र पिसिआर परीक्षण गरिए पनि रिपोर्ट सार्वजनिक गरिएको छैन।

‘एक जना बिरामीको निधन भएको छ । उहाँको कोरोना परीक्षण पनि गरिएको छ। तर रिपोर्ट सिधैँ मन्त्रालय पठाइएको छ,’ अस्पतालका प्रवक्ता डा.सुमन ताम्रकारले भने । उनले ती महिलामा श्वासप्रश्वासको समस्या भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.