|
फाेटाे : कार्यवहाक वडाध्यक्ष श्याम निराैला

संखुवासभा : खाँदबारी नगरपालिका ५ का कार्यवाहक वडाध्यक्ष श्याम निरौलामाथि आक्रमण गर्ने युवा पक्राउ परेका छन्।  पक्राउ पर्नेमा २८ वर्षीय सुरेन्द्र तामाङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तामाङले शुक्रबार साँझ खुकुरी प्रहार गर्दा निरौला गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल खाँदबारीमा उनको उपचार भइरहेको छ। तामाङलाई शुक्रबार नै पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

खुकुरी प्रहारबाट निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते निरौलाको टाउकोमा १० वटा टाँचा लगाइएको छ। स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रहेका निरौला वडा–५ निर्वाचित वडासदस्य हुन् । निरौलामाथि आक्रमणको नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गरेको छ । 

निर्वाचित वडाध्यक्ष बमबहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएपछि निरौलाले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका छन्। वडाध्यक्ष घले निर्वाचित हुनु अघिदेखि नै कोरिया बस्दै आएका थिए। उनी निर्वाचनको समयमा नेपाल आएका थिए। 
         

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.