आर्यघाटमा दैनिक २० शव

|
फाइल फोटो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि किरियापुत्री भवन अनिश्चित कालको लागि बन्द गरेको छ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोषले यस्तो निर्णय गरेको पशुपति विकास कोषले जनाएको छ।

कोरोना महामारीको संक्रमण बढदै गएकोले अनिश्चित कालको लागि बन्द गर्न लागेको पशुपति क्षेत्र विकास कोषका निर्देशक घनश्याम खतिवडाले बताए। संक्रमित व्यक्ति पनि यहाँ आएर बसेको आशंकामा बन्द गर्ने निर्णय गरिएको हो। ‘अहिले जो जो बसेका छन उनीहरु बस्छन, ‘उनले भने,’ नयाँलाई बस्न नदिने निर्णय भएको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेअनुरुप कोषलाई प्राप्त निर्देशनअनुरुप किरियापुत्री भवनलाई विशेष सरसफाई तथा स्यानीटाइज गर्नुपर्ने भएकाले बन्द गरिएको उनले जानकारी दिए।

विकाषकोषको तीनवटा भवन गरेर ४२ वटा कोठा रहेको छ। दैनिकजसो १५ देखि २० वटा शव पशुपति आर्यघाटमा जलाइरहेको खतिवडाले जानकारी दिए। लकडाउनमा संख्या घटे पनि शव जलाउने कार्य बन्द नरहेको उनले बताए।

विद्युतीय शवदाह गृह पनि बन्द

यस्तै, विद्युतीय शवदाह गृह पनि अनिश्चित कालका लागि बन्द भएको छ। कोरोना संक्रमितको शव जलाएपछि आइतबार सफा गर्ने क्रममा मेसिन बिग्रिएपछि बन्द गर्नुपरेको खतिवडाले बताए। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव शनिबार राति यही विद्युतीय शवदाहमा जलाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.