शंकास्पद व्यक्तिकाे खाेजी तीव्र पारिने

|

धनकुटा : धनकुटा अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि सो क्षेत्रलाई स्थानीय प्रशासनले सिल गरेर शंकास्पद व्यक्तिको खोजी सुरु गर्ने भएको छ। 

जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार साँझ सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।

'बैठकले सोमबार बिहानैदेखि सुरक्षकर्मी परिचालन गरेर अस्पताल क्षेत्रलाई सिल गरिने निर्णय गरेकाे छ,‘ श्रेष्ठले भने। धनकुटा अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार ४ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो।

जसमध्ये एकजनाको आइतबार आएको प्रारम्भिक रिपोर्ट पोजेटिभ देखिएपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको छ। कोरोना संक्रमण पुष्टि भएकी ती स्वास्थ्यकर्मी ३४ वर्षकी महिला हुन्। उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा सोमबार बिहान पठाइने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.