|

धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ। 

स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरेको हो। जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार राति सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो। 

उक्त निर्णयसँगै धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले जानकारी दिए। उक्त क्षेत्रमा अनिश्चितकालका लागि सिल गरिएको र थप संक्रमितहरुको पहिचानका लागि ट्रेसिङ तथा परीक्षण थालिएको श्रेष्ठले बताए।

शनिबार चारजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मीको स्वाव नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो। तीमध्ये एक महिलाको पिसिआर पोजेटिभ आएपछि पुनः परीक्षणका लागि काठमाडौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.