नारायणी अस्पतालमा स्वाब संकलन गर्ने भाँडो र पिपिई अभाव

|

काठमाडौं : मुलुकभर ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ३६ जना निको भएको र दुई जनाको मृत्यु भइसकेको छ। यतिखेर अधिकांश मुख्य सहरका कोभिडका बिरामी अस्पतालमा उपचार गराइरहेका छन्। संक्रमित सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरू बताउँछन्।

कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बसेका व्यक्तिहरूलाई रोगसँग लड्ने क्षमता अभिवृद्बि गराउनको लागि खानाको महत्वपूर्ण भूमिका हुन्छ। यतिखेर संक्रिमतलाई अन्य समयको भन्दा विशेष पौष्टिक आहारा, भिटामिन,खाना ,सफा पानी  र शौचालयको राम्रो व्यवस्था हुनुपर्छ।

कोरोना उपचार केन्द्रले संक्रमितलाई अस्पतालमा बनाएर र होटलबाट मगाउँदै खाना खुवाइरहेका छन्। चारदेखि पाँच जनाले एउटै शौचालय प्रयोग गर्ने गरेको पाइएको छ। अस्पतालमा पिपिई र अन्य स्वास्थ्य सामग्रीको अबस्था कमजोर रहेको छ। 

‘अस्पतालमा बनाएको खाना खुवाउँछौं’: टेकु अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँचजना दुई महिला र तीन पुरुष संक्रमितको उपचार भइरहेको छ। नौ जना नेगेटिभ रिपोर्ट आएकासमेत गरेर १४ आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

सबै संक्रमितलाई अस्पताल परिसरभित्र खाना बनाएर खुवाइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी बताउँछन्। दिनको तीनपटक खाना बनाएर दिइरहेको उनले जानकारी दिए।

खानामा दाल, भात,सागसब्जी, मासु दिइरहेको उनको भनाइ छ। रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनको लागि खाना खुवाइरहेको राजभण्डारीको दाबी छ।

‘बिहान खाजा, दिउँसोको समयमा खाना र पुनः खाजा दिइरहेको छौँ,’ राजभण्डारीले भने, अण्डा, पाउरोटी र फलफूल जस्ता खानेकुरा दिइरेहको छौँ।‘ प्रत्येक संक्रमितलाई फरक-फरक कोठामा राखिएको छ। शौचालय पनि बेग्लाबेग्लै प्रयोग गर्न दिइरहेको उनले जानकारी दिए।

यस्तो बेलामा संक्रमितलाई स्वच्छ र स्वस्थ्य पोषिलो खानेकुरा ख्वाउनुपर्ने उनले जानकारी दिए। ‘सामान्यतया स्वस्थ्य मानिसले खानामा सन्तुलन मिलाएर दालभात र तरकारी खानुपर्छ,’ उनले भने,’ उच्च रक्तचाप र सुगरको बिरामीले चिल्लो,नुनिलो तथा पिरो खानु हुन्न। फोक्सोलाई कमजोर बनाउने धुम्रपान र मद्यपान सेवन गर्न हुँदैन।‘

संक्रमितलाई होटलबाट ल्याएको खाना खुवाउँछौं : भेरी अस्पताल

नेपालगञ्जको भेरी अस्पतालमा २६ जना कोरोना संक्रमितको उपचार भइरहेको मेडिकल सुपरिटेन्डेड डा. प्रकाश थापाले बताए। उनका अनुसार ३४ जनामध्ये ८ जनालाई दाङमा उपार गर्न पठाइएको छ। संक्रिमतको अवस्था सामान्य रहेको छ।

संक्रमितलाई होटलबाट ल्याएर सफा र स्वस्थ्य खाना ख्वाइरहेको डा. थापाले जानकारी दिए। दिनको चारपटक खाने व्यवस्था गरिएको उनले बताए। ‘बिहानको समयमा पुरी तरकारी खाजा दिइरहेको छ,’ उनले भने,’ दिउँसो भने पकौडा र आलु जस्ता परिकार खान दिइरहेको छ। साथै अण्डा पनि दिने गरिएको छ। मुस्लिम समुदायको रोजा चलेको कारणले यहाँ मासु भने उपलब्ध छैन।‘

संक्रमितको खानेकुरामा बढी नै ध्यान दिएको छौँ, स्वस्थ्यकर खानालाई पहिलो प्राथमिकतामा राखिएको छ, मिनिरल वाटर दिएको र चाउचाउ जस्ता खानेकुरा नदिएको डा. थापाको भनाइ छ। पाँचजना संक्रमित बराबर एउटा शौचालय प्रयोग गर्न दिइरहेको उनले बताए। ‘संक्रमितको अवस्था सामान्य भने सामान्य छ, ‘ उनले भने,’  लक्षण पनि खासै देखिएको छैन।‘

सबै संक्रमितलाई एउटै शौचालय : विराटनगर कोशी अस्पताल

विराटनगरस्थि कोशी अस्पताल कोभिड उपचार केन्द्रमा १८ जना कोरोना संक्रमित छन। एक महिलासहित १७ जना पुरुषले उपचार गराइरहेको कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले बताए।

संक्रमित बिरामीहरुलाई दिनको चारपटक खाना दिन गरेको बस्नेतले जानकारी दिए। बिहानको ८ बजे खाजा दिने गरेको उनको भनाइ छ। उनका अनुसार खाजामा अण्डा, पाउँरोटी जाम, रोटी र तरकारी दैनिक जस्तो खाजा परिवर्तन गरेर दिने गरेको छ।

१० देखि ११ बजेको समयमा दाल, भात र तरकारी दिने गरेको छ। सबै संक्रमितलाई शाकाहारी खाना खुवाइरहेको  बस्नेतले जानकारी दिए। पाँच बजे पुन खाजा दिने गरेको उनले बताए। दूध तरकारी र रोटी दिने गरेको छ।

बेलुका खाना ८ बजे खाना दिने गरेको छ,’ उनले भने,’ धेरै मुस्लिम समुदायको भएकोले रोजा चलिरहेकोले केहीलाई मिलाएर दिने गरेको छ।‘  निर्माणको क्रममा नै संक्रमित ल्याएकोले राम्रोसँग बनाउन नसकेको उनले स्वीकार गर्छन। महिला पुरुषको छुट्टाछुट्टै शौचालय रहेको उनले बताए। 

स्वाब संकलन गर्ने भाँडो र पिपिई छैन

वीरगञ्जमा ९५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ। ७१ पुरुष र २४ जना महिला छन्। वीरगञ्ज नारायणी अस्पतालमा ७१ र सिद्धार्थ स्कुलमा राखिएको आइसोलेसनमा २४ जना संक्रमित छन्।

संक्रमितलाई बिहान नास्तामा बिस्कुट,चाउचाउ र अण्डा दिने गरेको जिल्ला अस्पतालका जनस्वास्थ्य प्रमुख जयमुद ठाकुरले बताए। उनका अनुसार शाकाहारी खाना दिने गरेको छ। दिउँसो खाजामा बिस्कुट,चाउचाउ र अण्डा दिएको छ।

संक्रमित राखिएको भवनको हरेक ब्लकमा दुईवटा शौचालय छन्। संक्रमितले ब्लकको शौचालय प्रयोग गर्ने गरेको उनले बताए। उनका अनुसार अन्य शौचालय बिग्रेका छन।

‘अस्पतालमा भिटिमको अभाव भइरहेको छ,’ उनले भने,’ स्वाब परीक्षण गरेर राख्ने भाँडो छैन। पिपिईको पूरै अभाव छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.