|

हेटौंडा : बागमती प्रदेशसभाले जेठ १२ गतेदेखि प्रदेश सभा बैठक चलाउने भएको छ। 

सोमबार बसेको प्रदेशको मन्त्रिपरिष्द बैठकले १२ गते बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सभाको छैटौं अधिवेशवनबाट संघीय सरकारलाई प्रदेशले संयुक्त रुपमा सुरुङ मार्ग निर्माणको प्रस्ताव गर्ने भएको छ।

सोमबारकाे बैठकले जेठ १२ गते बोलाइएको बैठकमा पोष्टबहादुर सुरुङमार्ग (भीमफेदी-कुलेखानी) लाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकता परियोजनाको रुपमा समावेश गरिने प्रस्ताव गर्ने निर्णय गरेको छ। 

साथै संघीय सरकारसँगको सहलगानीमा निर्माणको प्रस्ताव गरिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टलले जानकारी दिए। कोरोना त्रासका कारण भौतिक दूरी कायम गरेर प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.