|

बारा : बाराको निजगढमा सोमबार ३१ जनाको स्वाब संकलन गरिएको छ। काठमाडौंमा भेटिएका कोरोना संक्रमित बालकले एक महिना निजगढमै बिताएको पाइएपछि यहाँका अरू मानिसमा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको हो। 

दोलखा घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका बालकमा पाँच दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ती बालक निजगढ नगरपालिका वडा नम्बर १२, रामथलीमा एक महिना बसेर बैशाख ६ मा काठमाडौं फर्किएका थिए।

सोमबार निजगढ ८ स्थित नगर उद्योग वाणिज्य संघको क्वारेनटाइनमा कोरोना संत्रासमा रहेका जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी, पत्रकार र कर्मचारीको पिसिआर विधिमार्फत कोरोना भाइरस परीक्षण गर्न स्वाब निकालिएको हो। 

सोमबार संक्रमित बालक बसेको घरका मानिसहरू र सम्पर्कमा आएका सात जना, निजगढ नगरपालिकाका निजगढ नगरपालिकाका मेयर  सुरेश कुमार खनाल, सात जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी, तीन जना पत्रकार, रोकथाम तथा नियन्त्रणमा खटिएका पाँच जना कर्मचारी र अलपत्र परेका पैदल यात्रुको उद्धारमा खटिएका युवा अभियन्ता एक जनाको जिल्ला जनस्वास्थ्य बाराका प्राविधिकले स्वाब संकलन गरेका हुन्।

उनीहरुबाट लिइएको स्वाबको परीक्षण कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.