|

म्याग्दी : रघुगंगा  गाउँपालिका-२, रिठाबोटबाट आइतबार कालीगण्डकीमा खसेर बेपत्ता एम्बुलेन्स सोमबार भेटिए पनि चालक अझै बेपत्ता छन्।

मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा गाडीसहित चालक बेपत्ता भएका थिए। 

सडकबाट करिब १०० मिटर तल खसेको एम्बुलेन्सको सिसा फेला परेपछि खोजी गर्दा दुर्घटनास्थलबाट करिब १०० मिटर तल कालीगण्डकी नदीमा एम्बुलेन्स भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले जानकारी दिए।

दुर्घटनामा बेपत्ता चालक मुस्ताङको थासाङ गाउपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको खोजी कार्य भइरहेको छ। नदीको तीव्र वहाबका कारण बेपत्ता चालकलाई बगाएको वा खोचमा परेको हुनसक्ने अनुमान गरिएको छ।  दुर्घटना हुँदा चालक एम्बुलेन्सबाहिर गएको हुनसक्ने अनुमानसहित प्रहरीले खोजीकार्यमा तीव्रता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.