|

बस्टन : अमेरिकाको मेरिल्याण्डमा साता दिनभित्र दुई नेपाली युवाको निधन भएको छ। स्था४८ वर्षीय बैकुण्ठ लामिछाने र २५ वर्षीय आशिष केसीको निधन भएको हो। लामिछानेलाई कमलपित्त बिग्रेर र केसीको पौड्दा डुबेर निधन भएको हो।  

मेरिल्याण्डको क्रफ्टनको बस्ने लामिछानेको गत बुधवार (मे १३) राती करीब १० बजेतिर बाल्टिमोरको वासिङ्गटन मेडिकल सेन्टरमा उपचारकै अवस्थामा निधन भएको थियो। जन्डिसबाट पीडित उनी केही साता पहिले पनि अस्पतालमा पुगेका थिए।

लामिछाने आफ्नी श्रीमती र २० वर्षीया छोरीका साथ विगत केही वर्षदेखि क्रफ्टनमा बस्दै आइरहेका थिए। छोरी कलेजमा अध्ययनरत छिन्। पुर्ख्यौली थलो पर्वतको कुश्मा बजार रहेका लामिछानेको नेपाल घर हाल चितवनमा छ। लामिछाने १५ वर्षदेखि अमेरिकामा थिए। उनको शुक्रबार नै दाहसंस्कार गरिएको छ।

बाल्टिमोर नजिक ग्लेन बर्नी भन्ने ठाउँमा बस्दै आएका केसीको पनि उही अस्पतालमा आइतबार (मे १७) निधन भएको हो। बाग्लुङ्ग जिल्ला पुर्ख्यौली थलो भएका केसी गत शुक्रबार (मे १५) का दिन ग्लेन बर्नी नजिकैको एक तालमा डुबेका थिए।

उनीसँगै पौडन गएका भतिजा र साथीभाइले उनको उद्धार गर्न नसकेपछि आकस्मिक सेवामा सम्पर्क गरी उनलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याुइएको थियो। अस्पताल पुग्दा मुटुको धड्कन (हार्ट-बिट)अवरुद्ध भएको, मृगौला फेल भएको र ब्रेनमा समेत गम्भीर असर परिसकेको थियो। केसी विगत तीन वर्षदेखि मेरिल्याण्डमा बस्दै आएका थिए। उनका बुवाआमा र परिवार नेपालमै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.