|

बस्टन : कोभिड-१९ बाट नेपाली-भाषी भूटानी लक्ष्मीमाया कार्कीको सोमबार नर्थ क्यारोलाइनामा निधन भएको छ। नेपाली-भाषी अमेरिकाले उनले निधन भएकाे पुष्टि गरेकाे छ। 

७९ वर्षीया कार्कीको स्थानीय विन्स्टन-सेलमको नोभ्यान्ट हेल्थ फोर्सिथ मेडिकल सेन्टरमा सोमबार बिहान साढे ६ बजे निधन भएको हो। उनको जन्म सन् १९४० डिसेम्बरमा भूटानको चिराङ्गमा भएको थियो।

नेपाली-भाषी भूटानी समुदायमा कोभिड-१९ बाट निधन हुने धेरैजसोमा ६० वर्षभन्दा बढी उमेरका छन्। अमेरिकी सरकारले ९६ हजार १ सय ७८ भूटानीलाई पुनर्वास दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.