|

काठमाडौं झापामा ९ र सुनसरीका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर कोशी अस्पतालमा कचनाकवलबाट ल्याइएको स्वाब नमुना परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेड संगीता मिश्रले जानकारी दिइन्।

यसैगरी,मंगलबार बिहान सुनसरीका दुईजनामा कोरोना संक्रमण देखिएको थियो। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जनामा संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको प्रतिष्ठान स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.