|

सिन्धुपाल्चोक : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५४ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। गत शनिबार कोरोना भाइरस संक्रमणबाट बाह्रबिसे ९ की एक सुत्केरी महिलाको मृत्यु भएपछि नमुना संकलन गरी परीक्षण गरिएको थियो। 

१ सय ९७ संकलित नमुनामध्ये ५४ जनाको रिपोर्ट प्राप्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। आइतबार र सोमबार मृतकको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी स्वाब संकलन गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिए। 

‘मृत्यु भएकी महिलाको प्रत्यक्ष सम्पर्कमा १ सय ९७ जना रहेको पाइयो र सबैको परीक्षण गरिएको छ,’ सूचना अधिकारी तिवारीले भने, ‘आजसम्म प्राप्त ५४ जनामा संक्रमण देखिएको छैन।’ उनले परिवारका सबै सदस्यको कोरोना परीक्षण सकिएको र कसैमा पनि संक्रमण नरहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.