|

सर्लाही : जिल्लामा थप दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि भएको छ। मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीमा कोरोना भाइरस संक्रमित ५ जना पुगेका छन्।

मंगलबार सार्वजनिक भएअनुसार सर्लाहीको बागमती नगरपालिका ९ निवासी ३४ वर्षीय पुरुष र अर्का उदयपुर जिल्ला घर भई हाल हरिवन नगरपालिका ९ नयाँरोड डेरा गरी बस्ने ३१ वर्षे पुरुषमा पोजेटिभ देखिएको हो। 

ती दुवैजनाले काठमाडौंस्थित टेकु अस्पतालमै गएर स्वाब दिएका थिए। संक्रमित उनीहरुको ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। 

बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूलीआमालाई लिएर उपचारका गराउन काठमाडौं थिए। उनीसँगै उनका भाइ पनि रहेका बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.