|

म्याग्दी : बजारमा भीड बढ्न थालेपछि लकडाउन कडा पार्न म्याग्दीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरु सडकमै उत्रिएका छन्।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहित सुरक्षा अधिकारी सडकमै आएर सचेत गराउनुका साथै अटेर गर्नेलाई कारबाही गराउन लागिपरहेका हुन्।

सदरमुकाम बेनी बजारमा जनस्तरबाट लकडाउन उल्लंघन बढ्न थालेपछि मंगलबार प्रजिअ ढकालको नेतृत्वमा नेपाली सेनाको श्रीबक्स गुल्म प्रमुख दिपेश बस्नेत, सशस्त्र प्रहरीका डिएसपी प्रकाशकुमार माझी, प्रहरी निरीक्षक डाक्टर चौधरीसहित सुरक्षा अधिकारी बजारमा निस्किएका थिए। 

म्याग्दीमा थप सतर्कता अपनाउन र स्थानीयलार्य सचेत बनाउन अनुगमनमा आफैं निस्कनुपरेको प्रजिअ ढकालले बताए । लकडाउनको परिपालनाको स्तर कमजोर देखिएको उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.