|

बास्केटबलका सर्वकालीन महान् खेलाडी माइकल जोर्डनको एक जोर जुत्ता ५ लाख ६० हजार डलर करिब ६ करोड ७२ लाखमा लिलामी भएको छ। ‘एयर जोर्डन’ नामक कम्पनीले उनका लागि तयार गरेको यो विशेष जुत्ता उनले आफ्नो पहिलो सिजनमा शिकागो बुल्सको तर्पmबाट लगाएका थिए।

सेतो, कालो तथा रातो रंग मिश्रित यो जुत्‍ता १९८५ मा जोर्डनका लागि खास तरिकाले बनाइएको थियो। यो जुत्तामा उनको अटोग्राफसमेत रहेको छ। यो कुनैपनि खेलाडीको जुत्ताका लागि लगाइएको सर्वाधिक ठूलो मूल्य हो। लिलामीका क्रममा यो जुत्‍ता एकदेखि डेढ लाख डलरसम्ममा लिलामी हुने अनुमान गरिएको थियो।

यसअघि नाइक कम्पनीको शुरुवाती स्नीकर्स (स्पोर्टस शू) मध्येमा एक रहेको ‘मून शू’ सर्वाीधक महँगो मुल्यमा लिलामी भएको थियो। २०१९ को जुलाईमा भएको अक्सनमा उक्त जुत्ता ४ लाख ३७ हजार ५ सय डलर अर्थात ५ करोड २३ लाख रुपैयाँ बराबरमा लिलामी भएको थियो। त्योनै अहिले सम्म सर्वाधिक मूल्यमा लिलामी भएको जुत्ता रहेको थियो। यद्धपि ती जुत्ता कुनै खेलाडीले पहिरिएको भने थिएन्। यद्धपि उक्त रेकर्डलाई जोर्डनको जुत्ताले तोडेको हो।

यसअघि कुनै पनि खेलाडीले लगाएको जुत्ताको लिलामी सर्वाधिक बढी ४ लाख ९ हजार डलर रहेको थियो। २०१५ मा लन्डनको अक्सनमा ब्रिटिश खेलाडी रोजर बेनिस्टरले १९५४ मा लगाएको जुत्ताको सर्वाधिक बढी बोली लागेको थियो। उनले पहिलो पटक ति जुत्ता लगाएर एक माइलको दौड ४ मिनेट भन्दा कम समयमा पुरा गरेका थिए।

जोर्डन बास्केटबलका यस्ता महान खेलाडी हुन् उनले जब रिटायर लिएका थिए। त्यसपछि उनले लगाउने गरेको जर्सीसमेत रिटार्यड गरिएको थियो। ९० को दशकमा शिकागो बुल्सको तर्पmबाट खेल्दै उनले ६ पटक अमेरिकाको विश्वचर्चित एनबिए टाइटल्स जितेका थिए। जहाँ उनी ६ पटक नै मोस्ट भ्यालुएवल प्लेयर घोषित भएका थिए।

उनको लोकप्रियतालाई समान गर्दै बुल्सको व्‍यवस्थापक टिमले उनले लगाउँदै आएको २३ नम्बर जर्सीको पनि रिटायर गरेको थियो । उनको सन्यासपछि पनि कुनै पनि खेलाडीले २३ नम्बर जर्सी लगाउन पाउने छैनन्। उनले अमेरिकाका लागि १९८४ लस एन्जेलस तथा १९९२ को बार्सिलोना ओलम्पीकमा स्वर्ण जिताउने टिमको महत्वपुर्ण खेलाडीको रुपमा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.