लागतमा थप २० प्रतिशतभन्दा धेरै परीक्षण शुल्क लिन नपाइने

|

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटि) गर्न आवश्यक निर्देशिका बनाएपछि मात्र निजी तथा सामुदायिक अस्पतालले कोरना परीक्षण गर्न पाउने भएको छन्।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको लागि निर्देशिका बनाएपछि निजी तथा सामुदायिक अस्पतालले परीक्षण गर्न पाउनेछन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले भने,’ परीक्षण गर्न डब्लुएचओको मापदण्ड पालना हुनुपर्छ, अस्पतालमा कोरोना परीक्षण गर्नु सामान्य रोगको चेकजाँच गरेजस्तो होइन।‘

निजी अस्पताललाई परीक्षण गर्न दिने सैद्बान्तिक निर्णय भइसकेको सहप्रवक्ताले अधिकारीले जानकारी दिए। ‘निर्देशिका बन्न समय लाग्ने भएकोले तत्काल निजी तथा सामुदायिक अस्पतालले परीक्षण गर्न पाउँदैनन्,’अधिकारीले भने,' परीक्षण गर्दा कति शुल्क लाग्ने लगायतका निर्णय निर्देशिकामा जारी भएपछि आउँछ।‘

कोरोना परीक्षण गर्न उपत्यकाभित्रका स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा विभागबाट र बाहिरका सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशानलयबाट अनुमति लिनुपर्नेछ। आरडिटी परीक्षण गर्ने संस्थाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भएको हुनुपर्छ।

दर्ता नभएका संस्थाहरुले आरडिटी परीक्षण गर्न चाहेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिई स्वीकृति लिनुपर्नेछ। प्रयोगशालाले त्यस्ता कागजको मूल्यांकन गरेर मात्र अनुमति दिने निर्देशिकामा व्यवस्था रहेको सहप्रवक्ता अधिकारीले बताए। परीक्षण गर्दा आरडिटीमा पोजिटिभ देखिएमा पिसिआर परीक्षण गर्न रिफर गर्नुपर्ने उनले जानकारी दिए।

निजी तथा सामुदायिक अस्पतालमा नौ वटा कम्पनीबाट ल्याइएको कीटले मात्र परीक्षण गर्न पाउने अधिकारीले थाहाखबरलाई बताए। स्वास्थ्य संस्थाहरूले आरडिटी परीक्षण गर्दा कूल लागतमा थप २० प्रतिशतभन्दा धेरै शुल्क असुल्न पाउने छैनन्‌। 

निजी अस्पतालले कोरोनाको आरडिटी परीक्षणको अभिलेख पारदर्शी ढंगले राख्नुपर्नेछ। मन्त्रालयका सहप्रवक्ता अधिकारीले भने, ‘परीक्षण गरेको दैनिक प्रतिवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई बुझाउनुपर्छ।’

यी कम्पनीका कीट प्रयोग गर्नुपर्ने

मन्त्रालयले तोकेअनुसारका कम्पनीबाट कीट ल्याएर परीक्षण गर्न पाइने जनाएको छ। मन्त्रालयले नौ वटा कम्पनीको छनौट गरिसकेको छ। बेजिंग मेडिकल लेपु टेक्नोलोजि, बेजिङ्ग केवेइ क्लिनक्ल डाइग्नोनिष्टक रिएजेन्ट, बेइजिङ वान्ताइ बाइलोजिकल फार्मेसी, बाइकोन डाइग्नोष्टिक क्यानडा, केलेक्स इन युएसए, नान्जिङ भेज्मी बायोटेक चीन, पानबायो अबोट चीन, साङघाइ लियो रन बायोमेडिसिन टेक्नोलोजी चीन र जुहाइ लिभजोन डाइग्नोष्टिक चीनमा बनेका कीटबाट मात्रै निजी र सामुदायिक स्वास्थ्य संस्थाले कोरोना परीक्षण गर्न पाउनेछन्‌।

हाल देशभर १९ स्थानमा परीक्षण

मन्त्रालयका अनुसार हाल मुलुकभर १९ स्थानमा कोरोना परीक्षण भइरहेको छ। उनका अनुसार भेरी अस्पताल बाँके, नारायणी क्षेत्रीय अस्पताल पर्सा, तौलिहवा अस्पताल कपिलवस्तु, वीर अस्पताल काठमाडौं, जनकपुर अस्पताल धनुषा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौ, सेती अस्पताल कैलाली, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्र काठमाडौ महानगरपालिका, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, कोशी अञ्चल अस्पताल मोरङ, मध्यपश्चिमाञ्चल अस्पताल सुर्खेत, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही, भरतपुर राष्ट्रिय पन्क्षी रोग अन्वेषक प्रयोगशाला चितवन र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा कोरोना संक्रमण भए/नभएको परीक्षण भइरहेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.