|

सल्यान : कोरोना भाइरस संक्रमणको रेड जोन घोषणा गरिएको जिल्लाबाट आएका दश जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

सिद्ध कुमाख गाउँपालिकाको क्वारेनटाइनमा रहेका १० जनाको रिपोर्ट नेगेटिभ आएको हो। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई होम क्वारनेटाइनमा पठाइएको गाउँपालिकाका सूचना अधिकृत भीम भण्डारीले जानकारी दिए। उनीहरुको स्वाब परीक्षण प्रादेशिक अस्पताल कालागाउँ गरिएको हो।

सल्यानमा मंगलबारसम्म ५६ जनाको स्वाबको नमुना संकलन पिसिआर विधिबाट परीक्षण गरिऐका छ। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.