राष्ट्रिय जनस्वास्थ्य कार्यालयले शुल्क निर्धारण गर्ने

|

काठमाडौं : अबदेखि स्वदेशी तथा विदेशी नागरिकले स-शुल्क कोरोनाको पिसिआर परीक्षण गर्न पाउने भएका छन्। सार्वजनिक अस्पतालमा लामबद्ब भएर समय खेर फाल्न नचाहनेहरुका लागि स-शुल्क कोरोना परीक्षण गर्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या बढदै गएकोले कोही कसैले स्वेच्छाले परीक्षण गर्न चाहेमा सरकारी अस्पतालको प्रयोगशालामा गएर परीक्षण गर्न पाउने व्यवस्था मिलाउन लागिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। यसअघि कसैले चाहँदैमा परीक्षण गर्न नपाइने व्यवस्था थियाे। 

‘पिसिआर परीक्षणका लागि शुल्क निर्धारण भने भएको छैन,’थाहाखबरसँग उनले भने,’ निश्चित रकम लागे पनि सुविधा दिन्छौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको मूल्य तोक्छ। सबै परीक्षणको मापदण्ड तयार हुन्छ, तब मात्र शुल्क घोषणा गरिन्छ।‘

कोरोना परीक्षण गर्न चाहने मानिसलाई अब राेक्न नहुने भन्दै परीक्षणको दायरा फराकिलो बनाउन याे व्यव्था ल्याइएकाे उनले बताए। नागरिकले आफूमा काेराेना भएकाे शंका पालेर बस्न नपरोस् भन्ने उद्देश्यले सजिलो बाटो खोल्न लागिएकाे उनले जनाए। 

परीक्षण सामग्री महँगो भएकोले पनि शुल्क लिने बताइएकाे छ। 'सामग्री अभाव छ पर्याप्त मात्रा पनि पाइएको अवस्था छैन सबैलाई मिलाएर परीक्षण गर्ने तयारी गरिरहेका छाैं,' प्रवक्ता अधिकारीले बताए। 

निशुल्क परीक्षण गराउन अहले पनि प्रयोगशाला जानुपर्छ तर त्यहाँ धेरै समय लाग्ने गरेकेा छ। समयको बचत गर्ने पनि यो परीक्षणले सहयोग गर्नेमा उनले विश्वास दिलाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.