|

धादिङ : जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका फुलखर्कमा सामाजिक सुरक्षा भत्ता लिन गएका एक जनाको मृत्यु भएको छ। गंगाजमुना ४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएको फुलखर्क प्रहरी चौकीले जनाएको छ।

बिरामी अवस्थाका गुरुङ भत्ता बुझेर उपचार गराउन अस्पताल जाँदै थिए। आफन्तलाई लिएर फुलखर्कमा रहेको एसबिआई बैंकको शाखामा लाइनमा बसेका गुरुङ बेहोस भएर ढलेका आफन्तहरुले बताए। 

बैंकमा निकैबेर लाइनमा बस्नुपर्दा कमजोर भएर बेहोस भएका थिए। बेहोस भएपछि उपचारका लागि बैंकबाट पाँच मिनेटको दूरीमा रहेको फुलखर्क सामुदायिक अस्पताल लगिएको थियो। तर उनलाई बचाउन नसकिएको आफन्तहरुले बताए । 

स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकमा जानुपर्ने बाध्यता बनाइदिएका कारण अधिकांश ज्येष्ठ नागरिक कष्टका साथ बैंक पुगिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.