|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्कालै सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेको छ।

कांग्रेस संसदीयका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ती जारी गर्दै अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयको विरोध जनाएका हुन्। कांग्रेस संसदीयदलले सामाजिक सुरक्षाभत्ता वितरण नगर्ने सरकारको निर्णयलाई गैरजिम्मेवारी पनि भनेको छ।   

‘सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,’खाँणले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ। 

सरकारको यो निर्णय संविधान विपरित भएको पनि जनाएको छ। संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको पनि जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.