|

सिन्धुली : सिन्धुलीका ४७ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुलीबाट पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडामा ५० जनाको स्वाब पठाइएको थियो। 

मंगलबार पठाइका ५० मध्ये ३ जनाको भने रिपोर्ट आउन बाँकी रहेको सिन्धुली अस्पतालका कोरोना भाइरस फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिए।

बुधबार बिहान पठाइएका ७ जनाको पनि रिपोर्ट आउन बाँकी रहेको उनले बताए। सोमबार र मंगलबार आरडिटी परीक्षणका क्रममा २७ जना पोजेटिभ पाइएपछि उनीहरुको सम्पर्कमा आएका सहित ५० जनाको स्वाब हेटौंडा पठाइएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.