|

काठमाडाैं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल तथा नेपालीले कसैको अपमान नगर्ने तथा कसैले त्यस्तो अपमान गर्न खोजे सहन नसकिने प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री पोखरेलले विवेकपूर्ण स्वाभिमानी नेपालीलाई कसैले होच्याउन खोजे सह्य हुन नसकिने उल्लेख गरेका छन्। 

नेपालीलाई यही भावनाले एकताको सूत्रमा बाँध्न निर्देशित गराएको पनि उनले लेखेका छन्। 

नेपालले लिपुलेकलगायत भूभाग समेटेर बुधबार नक्सा जारी गरेको र भारतीय विदेश मन्त्रालयले उक्त नक्साप्रति विरोध जनाएपछि मन्त्री पोखरेललको यस्तो ट्विट आएको हो । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.